90
काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई १२.७०६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ।
कम्पनीको असोज १९ गते बसेको सञ्चालक समिति बैठकले बोनस शेयरसँगै कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
विद्युत नियमन आयोगबाट स्वीकृति लिएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।