तीन प्रदेशमा नयाँ सरकार बनाउन एमाले–नेकपालाई समस्या

12 August, 2026 4 Views
तीन प्रदेशमा नयाँ सरकार बनाउन एमाले–नेकपालाई समस्या
4

काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सहकार्यका कारण तीन प्रदेशमा नयाँ सरकार गठन गर्न समस्या देखिएको छ। गण्डकी, मधेश र बागमती प्रदेशमा नयाँ सरकार बनाउन नेकपा धेरै जोड नदिने पक्षमा देखिएको छ।

नेकपा स्रोतका अनुसार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी र मधेशमा नयाँ सरकार बनाउन धेरै प्रयास नगर्ने प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष राखिसकेका छन्। बागमतीमा पनि सम्भव भए सरकार बनाउने, नभए छोड्ने नीति लिन सकिने नेताहरूले बताएका छन्।

गण्डकीमा एमाले र नेकपा मिलेर पनि सरकार बनाउन पर्याप्त बहुमत पुग्दैन। त्यसैले कांग्रेसका सुरेन्द्र पाण्डे नै मुख्यमन्त्रीमा निरन्तर रहने सम्भावना छ।

बागमतीमा भने एमाले र नेकपा मिल्दा पनि दुई सिटले बहुमत पुग्दैन। दुई सिट रहेको हाम्रो नेपाली पार्टी कांग्रेसतर्फ लागिसकेकाले उसले एमाले–नेकपालाई समर्थन गर्ने सम्भावना कम छ। सरकार बनाउन १४ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन आवश्यक पर्छ।

तर, राप्रपा केन्द्रको निर्णयअनुसार कुनै पनि सरकारमा सहभागी नहुने पक्षमा छ। यद्यपि, प्रदेशका केही सांसद भने सरकार गठनको पक्षमा देखिएका छन्। यसले बागमतीमा पनि नयाँ सरकार गठन थप कठिन बनेको छ।

मधेशमा भने एमाले, कांग्रेस र नेकपा मिलेर सरकार बनाइसकेका छन्। मधेशकेन्द्रित दललाई पनि सरकारमा सहभागी गराउने प्रयास हुन सक्ने नेताहरूले बताएका छन्।

Related Post