ट्रम्पको दाबी : अमेरिकाबिना इसराइलको अस्तित्व सम्भव छैन

28 July, 2026 444 Views
ट्रम्पको दाबी : अमेरिकाबिना इसराइलको अस्तित्व सम्भव छैन
444

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सहयोगबिना इजरायल टिक्न नसक्ने दाबी गरेका छन्। इस्राएली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग हुने भेटअघि उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

फेब्रुअरीमा इरानमाथि अमेरिका–इसराइलको संयुक्त आक्रमणपछि ट्रम्प र नेतन्याहू पहिलो पटक भेट्न लागेका हुन्। मध्यपूर्वका केही मुद्दामा दुवै देशबीच मत फरक देखिएका बेला यो भेट हुन लागेको हो।

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू र नेतन्याहूबीच केही विषयमा फरक धारणा रहेको स्वीकार गरे। उनले "अमेरिकाबिना इजरायल टिक्न सक्दैन" भन्दै अमेरिका धेरै देशप्रति अत्यधिक उदार रहेको टिप्पणी पनि गरे।

उता, नेतन्याहूले ट्रम्पसँगको भेटमा मुख्य रूपमा इरानको विषयमा छलफल हुने, साथै अन्य महत्वपूर्ण मुद्दामाथि पनि कुराकानी हुने बताएका छन्।

 
 
 
 
 

Related Post