त्रिशूलीको भीषण बाढीले चरौँदी झोलुङ्गे पुल बगायो

30 August, 2026 78 Views
त्रिशूलीको भीषण बाढीले चरौँदी झोलुङ्गे पुल बगायो
78

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको छ।

सोमबार बिहान नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल चुँडाएर बगाएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीको तीव्र बहावका कारण पुलमा क्षति पुगेको हो। बाढीले त्रिशूली नदीमाथि रहेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीका अनुसार त्रिशूलीमा पानीको बहाव अत्यधिक बढेपछि पुल बग्ने अवस्था सिर्जना भएको थियो। अहिले बाढीका कारण उक्त क्षेत्रको आवतजावतमा समेत समस्या परेको छ।

Related Post