66
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७औँ सभा बैठकमा सहभागी हुन पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरूले कालो ब्यानर देखाएर विरोध गरेका छन्।
बिहीबार त्रिवि सभा बैठकमा सहभागी हुन जाने क्रममा मन्त्री पोखरेललाई विद्यार्थीहरूले कालो ब्यानर देखाएका हुन्।
विद्यार्थीहरूसँग पर्याप्त संवाद नगरी त्रिभुवन विश्वविद्यालय ऐन परिमार्जन गर्न लागिएको तथा विद्यार्थीका माग र सरोकारलाई बेवास्ता गरिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
नेपाल विद्यार्थी संघका नेता सनम वलीले त्रिविको सिनेट बैठकमा कुलपति नै उपस्थित नहुनु दुःखद् भएको बताए। उनले कुलपति अनुपस्थित हुँदा सिनेट बैठकको मर्यादामाथि प्रश्न उठेको बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने संवैधानिक व्यवस्था छ।