दीपक भट्ट किन थुनामै? सर्वोच्चले विशेष अदालतसँग माग्यो आधार

27 July, 2026 25 Views
दीपक भट्ट किन थुनामै? सर्वोच्चले विशेष अदालतसँग माग्यो आधार
25

व्यवसायी दीपक भट्टले थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विशेष अदालतसँग उनलाई थुनामा राख्ने आदेशको आधार खुलाउन कैफियत प्रतिवेदन माग गरेको छ।

अदालती बन्दोबस्तीको दफा ७३ बमोजिम भट्टले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उक्त रिटमाथि सोमबार न्यायाधीश विनोद शर्माको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतलाई थुना आदेश जारी गर्दा अपनाइएका कानुनी आधार र कारणसहितको कैफियत प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।

सर्वोच्चको आदेशसँगै विशेष अदालतले भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय कुन आधारमा गरिएको थियो भन्ने विषयमा विस्तृत विवरण पेश गर्नुपर्ने भएको छ।

 
 

Related Post