दुर्गा प्रसाईंको रिटमा आज सर्वोच्चमा सुनुवाइ, के होला फैसला?

05 October, 2026 73 Views
दुर्गा प्रसाईंको रिटमा आज सर्वोच्चमा सुनुवाइ, के होला फैसला?
73

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

प्रसाईंको रिटमाथि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।

यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको आधार र कारण खुलाउँदै ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो।

प्रहरीले प्रसाईंलाई असार १२ गते पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा उनीमाथि विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रसाईंले युट्युबमार्फत सांसद खतिवडाका छोराको शवसँग सांसद पद साटेको भन्दै आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको छ।

आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।

Related Post