दुर्घटनामा रास्वपा कपुरकोटका सभापति वलीको मृत्यु

19 August, 2026 64 Views
दुर्घटनामा रास्वपा कपुरकोटका सभापति वलीको मृत्यु
64

 

काठमाडौं । सवारी दुर्घटनामा घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोटका सभापति बेदबहादुर वलीको उपचारका क्रममा मृत्यु भएको छ।

कपुरकोट गाउँपालिका–६ का ३४ वर्षीय वलीको बुधबार बिहान दाङको घोराहीस्थित सञ्जिवनी टिचिङ हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार कपुरकोट–३ मूलपानीमा नेपालगञ्जबाट रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडीले वली सवार मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा वली र उनका काका शुकलाल वली घाइते भएका थिए।

वलीको उपचारका क्रममा मृत्यु भएको हो भने शुकलालको नेपालगञ्जमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न फोर्स गाडीका चालक सुरज मिजार प्रहरी नियन्त्रणमा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Post