दसैंको टिकट खुल्नेबित्तिकै नयाँ बसपार्कमा यात्रुको भीड

09 October, 2026 132 Views
दसैंको टिकट खुल्नेबित्तिकै नयाँ बसपार्कमा यात्रुको भीड
132

 

काठमाडौं । दसैं मनाउन घर जाने यात्रुका लागि शुक्रबारदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छ।

टिकट काट्न काठमाडौंको नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको भीड लागेको छ। कोही लाइनमा बसेर टिकट लिइरहेका छन् भने कोही आफ्नो पालो पर्खिरहेका छन्।

यात्रुको चाप व्यवस्थापन गर्न लामो तथा मध्यम दूरीका सवारीसाधनलाई फूलपातीदेखि पूर्णिमासम्म रुट परमिट खुला गर्ने व्यवस्था पनि गरिएको छ।

Related Post