दसैंमा बढी भाडा लिए कारबाही, अग्रिम टिकट असोज २३ देखि

08 October, 2026 150 Views
दसैंमा बढी भाडा लिए कारबाही, अग्रिम टिकट असोज २३ देखि
150

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंका बेला सरकारले तोकेभन्दा बढी भाडा लिए कारबाही हुने चेतावनी दिएको छ।

महासंघका अनुसार असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुनेछ। यात्रुको सहजताका लागि प्रमुख बसपार्क तथा नाकामा सहायता कक्ष सञ्चालन गरिनेछ भने गोंगबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षण गरिनेछ।

दसैंको भीड व्यवस्थापनका लागि असोज २५ देखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने सञ्चालन गर्न पाउनेछन्।

Related Post