दसैँमा म्याक्स टाइगरको धमाका, मोटरसाइकलदेखि प्रोटोन कारसम्म जित्ने मौका

04 October, 2026 94 Views
दसैँमा म्याक्स टाइगरको धमाका, मोटरसाइकलदेखि प्रोटोन कारसम्म जित्ने मौका
94

काठमाडौँ । दसैँलाई लक्षित गर्दै म्याक्स टाइगर इनर्जी ड्रिङ्कले ‘दसैँ धमाका २०२६’ नामक नयाँ प्रवर्द्धनात्मक अभियान सार्वजनिक गरेको छ। उपभोक्तालाई चाडपर्वको उत्सवसँगै आकर्षक पुरस्कारको अवसर प्रदान गर्ने उद्देश्यले कम्पनीले यो अभियान अघि सारेको हो।

ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको जनाएको छ। अभियानअन्तर्गत विशेष पुरस्कार अंकित क्यानहरू देशभर वितरण गरिनेछन्। त्यस्ता पुरस्कारयुक्त क्यान फेला पार्ने उपभोक्ता नै सम्बन्धित पुरस्कारका विजेता बन्ने कम्पनीले जनाएको छ।

अभियोजनाअन्तर्गत १८ जना विजेताले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्नेछन्। त्यस्तै, अभियानको बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार प्राप्त गर्नेछन्।

म्याक्स टाइगरका अनुसार अभियानले दसैँको उत्साहलाई उपभोक्तासँग प्रत्यक्ष जोड्दै ब्रान्डप्रतिको सम्बन्ध थप बलियो बनाउने लक्ष्य राखेको छ। देशभर उपलब्ध हुने पुरस्कारयुक्त क्यानमार्फत उपभोक्तामाझ उत्सुकता र पुरस्कार जित्ने अवसर सिर्जना गर्ने कम्पनीको भनाइ छ।

‘दसैँ धमाका २०२६’ मार्फत यस वर्षको चाडपर्वलाई थप रोमाञ्चक र यादगार बनाउने अपेक्षा कम्पनीले गरेको छ।

Related Post