10
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मत र परिवर्तनको चाहनालाई कदर गर्नुपर्ने बताएका छन्।
सिंगापुरमा उपचारपछि आज स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै परिवर्तन सहज नहुने भन्दै सरकारले जनताको आकांक्षा पूरा गर्ने दिशामा काम गर्नुपर्ने बताएका हुन्।