देउवा दम्पतीको हङकङ बसाइ लम्बियो, नेपाल फर्किएपछि ललितपुरमा बस्ने तयारी

09 June, 2026 104 Views
देउवा दम्पतीको हङकङ बसाइ लम्बियो, नेपाल फर्किएपछि ललितपुरमा बस्ने तयारी
104

काठमाडौं
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेपाल फिर्ती केही समयका लागि धकेलिएको छ. स्वास्थ्य उपचारका लागि हाल हङकङमा रहेका देउवा दम्पती चिकित्सकको सल्लाह अनुसार केही समय त्यहीँ बस्ने भएका हुन्. गत फागुन १३ गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका देउवा दम्पती चैत ७ गते हङकङ पुगेका थिए।

देउवा दम्पती हङकङमै रहेका बेला काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण (सम्पत्ति अपचलन) मुद्दामा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो. तरउक्त पक्राउ पुर्जीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै जेठ १२ गते (२५ मे २०२६) सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरी तत्काल पक्राउ नगर्न निर्देशन दिएको छ. सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्ने मुद्दाको क्षेत्राधिकार विशेष अदालत मातहत पर्ने भन्दै सर्वोच्चले जिल्ला अदालतको पक्राउ पुर्जीलाई निष्क्रिय बनाइदिएपछि देउवा दम्पतीलाई ठूलो कानुनी राहत मिलेको छ।

नेपाल फर्किएपछि देउवा दम्पती कहाँ बस्ने भन्ने विषय अझै टुंगो लागेको छैन. गत भदौ महिनाको आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित उनीहरूको निजी निवासमा आगजनी र क्षति पुगेका कारण उक्त संरचना भत्काइसकिएको छ।

त्यसपछि उनीहरू महाराजगन्जस्थित एक भाडाको घरमा बसेका थिएजुन सिंगापुर जाने क्रममा धनीलाई फिर्ता गरिएको थियो. पारिवारिक स्रोतका अनुसार नेपाल फर्किएपछि बस्नका लागि अहिले ललितपुर क्षेत्रमा उपयुक्त घरको खोजी भइरहेको छ। 

Related Post