देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन बुझाइयो

18 August, 2026 42 Views
देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन बुझाइयो
42

काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाबारे छानबिन गर्न गठित समितिले गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको छ।

सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा साउन १० गते हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता थिए।

त्यस्तै, साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।

दुवै घटनाको छानबिन गर्न सरकारले छुट्टाछुट्टै समिति गठन गरेको थियो। समितिले स्थलगत अध्ययनसहित छानबिन गरेर मंगलबार प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

उनका अनुसार प्रतिवेदनमा रहेका निष्कर्ष र सिफारिसबारे मन्त्रालयले अध्ययन गरिरहेको छ।

Related Post