103
काठमाडौं । चितवनबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटना हुँदा चालक घाइते भएका छन् । दुर्घटनाका कारण मुग्लिन–काठमाडौं सडकखण्डसमेत अवरुद्ध भएको छ ।
धादिङको गल्छी गाउँपालिका–७ स्थित मच्छेडी खोलामा भारतीय नम्बर प्लेटको एचआर ३८ एएल ३३६७ नम्बरको ग्यास बुलेट दुर्घटनामा परेको हो ।
दुर्घटनामा बुलेटका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए ।
दुर्घटनापछि सडक अवरुद्ध हुँदा उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । दुर्घटनाको थप विवरण तथा सडक खुलाउने प्रयासबारे भने जानकारी आउन बाँकी छ ।