उवा पक्षलाई गगनको सन्देश : ‘निष्पक्ष महाधिवेशन गर्छु, तर्सिएर निर्णय बदल्दिनँ’

09 August, 2026 19 Views
उवा पक्षलाई गगनको सन्देश : ‘निष्पक्ष महाधिवेशन गर्छु, तर्सिएर निर्णय बदल्दिनँ’
19

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन निष्पक्ष र सबै पक्षलाई समेट्ने गरी सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले निवर्तमान सभापति शेरबहादुर देउवासहित अघिल्लो कार्यसमितिका नेताहरूप्रति आफ्नो सम्मान रहेको उल्लेख गरे। महाधिवेशनलाई निष्पक्ष बनाउन आवश्यक पर्ने सबै कदम चाल्न आफू तयार रहेको उनको भनाइ थियो।

तर, पार्टीभित्रको कुनै पक्षको दबाब वा डरका कारण आफू आफ्नो अडानबाट पछि नहट्ने थापाले स्पष्ट पारे। उनले भने, ‘म तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ र फकाएर फकिन्नँ।’

कांग्रेसमा चार पुस्ताको सहभागिता रहेको उल्लेख गर्दै थापाले सबै पुस्ता र पक्षलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए।

सभापति थापाले पछिल्लो निर्वाचनमा पार्टीको जिम्मेवारीमा रहेका कतिपय नेता तथा कार्यकर्ताले कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा समेत मतदान नगरेको विषय आफूहरूको जानकारीमा रहेको बताए। यसलाई पार्टीले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने संकेत उनले गरे।

Related Post