विपद्मा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि राहतसम्म सक्रिय

विपद्मा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि राहतसम्म सक्रिय
98

काठमाडौं, भदौ २२ । नयाँ अन्तरिम समिति गठनसँगै नेपाल स्काउटले आफ्नो गतिविधिलाई तीव्रता दिएको छ। सन्तोषकुमार थापाको संयोजकत्वमा रहेको समितिले भोटेकोशी विपद्पछि खोज तथा उद्धार, राहत वितरण र स्वयंसेवक परिचालनलाई प्राथमिकताका साथ अघि बढाएको छ।

सरकारी विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गर्दै स्काउटका तालिमप्राप्त स्वयंसेवकहरू प्रभावित क्षेत्रमा परिचालित छन्। उनीहरूले उद्धार, राहत सामग्री व्यवस्थापन, सामुदायिक भान्सा, होल्डिङ सेन्टर तथा बालबालिकाका लागि मनोसामाजिक सहयोगलगायतका काम गरिरहेका छन्।

 

वल्र्ड सेन्ट्रल किचेनसँगको सहकार्यमा प्रभावित क्षेत्रमा सामुदायिक भान्सा सञ्चालन गरी पीडित तथा स्वयंसेवकलाई खाना वितरण भइरहेको छ। काठमाडौंका होल्डिङ सेन्टरमा समेत स्काउट स्वयंसेवकले खानपान तथा बसोबास व्यवस्थापनमा सहयोग गरिरहेका छन्।

विपद्को सुरुआतदेखि नै सरकारी निकाय तथा सम्बन्धित संयन्त्रसँग समन्वय गर्दै स्वयंसेवी जनशक्ति परिचालनमा संयोजक थापाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। सीमित स्रोत–साधनका बाबजुद विपद् व्यवस्थापनमा स्काउटको सक्रियता र स्वयंसेवी भूमिकाको सरकारी तथा सार्वजनिक स्तरबाट प्रशंसा भइरहेको छ।

Related Post