68
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन्।
बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई शपथ गराएका हुन्। एमालेले असोज ८ गतेको केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो।
शपथ लिएपछि भण्डारी वरिष्ठ नेताको हैसियतमा एमाले स्थायी कमिटी बैठकमा सहभागी भएकी छन्। राष्ट्रपति बन्नुअघि उनी एमालेकी उपाध्यक्ष थिइन्।
भण्डारीले राष्ट्रपति पदमा दुई कार्यकाल पूरा गरेपछि करिब ११ वर्षपछि एमालेको सक्रिय राजनीतिमा पुनरागमन गरेकी हुन्। उनको पार्टी राजनीतिमा पुनरागमनलाई एमालेभित्र महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।