सिन्धुली,वैशाख २० । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले सदरमुकाम सिन्धुलीमाडीमा प्रभातफेरि र कोणसभाको आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ सिन्धुलीशाखाको आयोजनामा आज विहान महासंघको कार्यलयबाट शुभारम्भ गरिएको प्रभातफेरि पछि स्थानीय लोकतान्त्रिक चौकमा आयोजना गरिएको कोणसभामा विधमान सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेत्र पर्न थालेका औल्याईएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व अध्यक्ष शंकर सौगातले सरकारले नीजी संचार माध्यमदलाई सरकारी विज्ञापन बन्द गर्ने नीति गलत भएको बताउनु हुदै सरकारी निर्णय फिर्ता लिन आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बाबुराम देवकोटाले सरकारको अघि सारेको सरकारी विज्ञापन नीतिका विरुद्ध नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले चरणवद्द रुपमा आन्दोलन र विरोधका कार्यक्रमहरु संचालन गरिरहेको बताउनु हुदै वर्तमान सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न÷गराउन अनुरोध गर्नुभयो ।
विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा आयोजित सो कार्यक्रममा रास्वपाको नेतृत्व सरकारले पनि संविधानमा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, जनताको मौलिक हकको प्रत्याभूति र रक्षाका गर्नका ऐक्यवद्धता जाहेर गरिएको थियो । जिल्ला स्थित विभिन्न स्थानीय तथा राष्ट्रिय मिडियाका संचारकर्मीहरु सहभागी सो कार्यक्रममा नेपालमा पत्रकार विरुद्ध भएका विभिन्न अपराध र दण्डहीनता, सञ्चार माध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षा समेत जोखिम बन्दै गएको जनाईएको थियो ।