विश्वकप दर्शकलाई मेस्सी, रोनाल्डो र नेयमार हस्ताक्षरित जर्सी उपहार

25 June, 2026 477 Views
विश्वकप दर्शकलाई मेस्सी, रोनाल्डो र नेयमार हस्ताक्षरित जर्सी उपहार
477

नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक स्ट्रिमिङ गरिरहेको डिगो एपले दर्शकहरूका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ‘एङ्कर पास’ र ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकहरूले विश्व फुटबलका स्टार खेलाडी लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमारका आधिकारिक हस्ताक्षरित जर्सी जित्ने अवसर पाउनेछन्।

विश्व फुटबलका महान् खेलाडी लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर डिगो एप र हिमालयन स्पोर्ट्सले संयुक्त रूपमा ‘अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान सार्वजनिक गरेका हुन्।

आयोजकका अनुसार अनधिकृत तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्दै दर्शकहरूलाई आधिकारिक माध्यमबाट विश्वकप हेर्न प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।

‘एङ्कर पास’ खरिद गर्ने विजेताहरूले मेस्सी, रोनाल्डो र नेयमारका हस्ताक्षरित आधिकारिक जर्सी प्राप्त गर्नेछन्। साथै, सिजन पास खरिदकर्तामध्ये विजेताले एक जोडीका लागि भियतनाम भ्रमण प्याकेज, ५५ इन्चको स्मार्ट टिभी तथा मौलाकालिका रिसोर्टमा एक रातको डिलक्स बसाइको अवसरसमेत पाउनेछन्।

त्यसैगरी, ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकहरूका लागि पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। मोबाइल पासका विजेताले भियतनाम टुर प्याकेज, ५५ इन्च र ४३ इन्चका स्मार्ट टिभी तथा नयाँ स्मार्टफोनहरू जित्न सक्नेछन्।

गिभअवेमा सहभागी हुन इच्छुक ग्राहकले डिगो एप डाउनलोड गरी अकाउन्ट दर्ता गर्नुपर्नेछ। त्यसपछि एपमार्फत फिफा विश्वकप २०२६ हेर्नका लागि ‘सिजन पास’ वा ‘मोबाइल पास’ खरिद गर्नुपर्नेछ।

यो अभियान आगामी जुलाई १५, २०२६ सम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार नेपालभित्र रहेका सक्रिय डिगो प्रयोगकर्ताहरू मात्र यस योजनाका लागि योग्य हुनेछन्। कम्पनीका कर्मचारी, एजेन्ट, परामर्शदाता तथा उनीहरूका परिवारका सदस्यहरू भने योजनामा सहभागी हुन पाउने छैनन्।

डिगोले विजेताको छनोट र प्रमाणीकरण प्रक्रिया निष्पक्ष ढंगले गरिने जनाएको छ। साथै, प्राप्त पुरस्कार नगद वा अन्य कुनै वस्तुसँग साट्न नमिल्ने व्यवस्था गरिएको छ।

Related Post