61
काठमाडौं । इरानले दक्षिणी होर्मोजगान प्रान्तको कुहेस्ताकमा विवाह समारोह भइरहेको घरमा अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ । आक्रमणमा बालकसहित ५ जनाको मृत्यु र ६३ जना घाइते भएको इरानी अधिकारीहरूले बताएका छन् ।
घाइतेमध्ये ५० जना महिला तथा बालबालिका रहेको जनाइएको छ । उनीहरूलाई मिनाबस्थित अस्पतालमा उपचारका लागि लगिएको छ ।
इरानी रेड क्रिसेन्टका अनुसार आक्रमणबाट भवनमा क्षति पुगेको छ । अमेरिकाले भने इरानका सैन्य संरचनालाई लक्षित गरी कारबाही गरिएको जनाएको छ । विवाह समारोह भइरहेको घर नै लक्षित थियो वा आक्रमण संयोगवश भएको हो भन्नेबारे भने स्पष्ट भएको छैन ।