यमरी पुन्हीलाई संस्कारका रूपमा अघि बढाउनुपर्छ : सुनिता डंगोल

04 December, 2025 122 Views
यमरी पुन्हीलाई संस्कारका रूपमा अघि बढाउनुपर्छ : सुनिता डंगोल
122

मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यमरी पुन्हीलाई संस्कारका रूपमा मनाउनुपर्ने बताएकी छन् । २२औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गरिन् । डंगोलले यमरी पुन्ही एउटा पर्व मात्र नभई संस्कार भएको जिकिर गरिन् । उनले आजको दिनलाई विभिन्न जात्रा, पर्व, परम्परा मात्रै नभई अस्तित्वको रूपमा लिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘आजको ज्यापु दिवसले ज्यापुहरूको मेहनत, माटो र अझ हाम्रो पहिचान दर्शाइरहेको छ । त्यसकारण पनि आजको दिन महत्त्वपूर्ण छ । यो हामीले पर्व मात्र होइन, संस्कारको रूपमा लिनुपर्दछ । उपप्रमुख डंगोलले नेपालीको नाम विश्वव्यापी रूपमा गर्व गर्न लायक बनाउनुपर्ने बताइन् ।

Related Post