इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गरि काठमाडौं ल्याइयो

सेयर गर्नुहोस्

१३ असोज,काठमाडौं- इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका एमालेबाट निर्वाचित बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर  देवकुमार नेपालीलाई पक्राउ गरि काठमाडौं ल्याइएको छ ।
भारतको दिल्लीमा पक्राउ परेका मेयर नेपालीलाई आज काठमाडौं ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।

सहकारी ठगीको कसुरमा उनि फरार थिए । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका ५१ वर्षीय नेपाली र सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमप्रसाद दर्जीलाई पनि पक्राउ गरि हिजो शनिवार काठमाडौं ल्याइएको  छ।

यो सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए ।नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो ।

पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने एसपी होविन्द्र बोगटीले बताए ।
पक्राउ परेका मेयर नेपालीमाथि १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ । जिबिराई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन सहकारीमा गठी गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *