स्वास्थ्यमन्त्रीको विवादित निर्णय : आफ्ना ल्याउन डा. रावललाई काम गर्न रोक

सेयर गर्नुहोस्

२५ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका उपकुलपति डा. मंगल रावललाई कामकाजमा रोक लगाएका छन् र, डा. निमेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् ।

प्रतिष्ठानमा राम्रो काम गरिरहेका डा. रावललाई राजनीतिक प्रतिशोध साध्नकै लागि मन्त्री खतिवडाले कामकाजमा रोक लगाएको मन्त्रालयकै अधिकारीहरु बताउँछन् । प्रतिष्ठानका कर्मचारीहरुले पनि स्वास्थ्यमन्त्री खतिवडाले विवादित निर्णय गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *