गृहमन्त्री खाँण पुगे ओली भेट्न बालकोट

सेयर गर्नुहोस्

गृहमन्त्री बालकृष्ण खाँण प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

ओली निवास बालकोटमा ओलीलाई भेट्न गृहमन्त्री खाँण पुगेका हुन् । यसअघि बुधबार ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

पछिल्लो समय प्रधानमन्त्री र ओलीबीच भेटवार्ता भइरहँदा कांग्रेस र एमालेका नेताबीच पनि छलफल र भेटवार्ता भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *