बाटोबाट लडेर एक जनाको मृत्यु

सेयर गर्नुहोस्

दार्चुला, १२ असोज

नौगाड गाउँपालिका-४ सिप्टीमा बाटोबाट लडेर एक जनाको ज्यान गएको छ । बैतडी जिल्ला डिलासैनी गाउँपालिका-२ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा सूचना अधिकारी राजेशबहादुर शाहीका अनुसार सिप्टी हुँदै मार्मा जाने क्रममा हिँडिरहेको अवस्थामा बाटोबाट लडेर मृत्यु भएको हो ।

मार्मा गाउँपालिका- ६ पत्थरकाडा बुहारीको माइतीघर गइरहेका बोहराको सिप्टीको बाटोबाट अन्दाजी ६ मिटर तल खसेर मृत्यु भएको हो । घटनास्थलमा अहिले प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *