सुर्खेतमा ब्राउन सुगरसहित ४ जना पक्राउ

सेयर गर्नुहोस्

काठमाडौं, १२ पुस ।

सुर्खेतमा अवैध लागू औषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका – १० बुदबुदेबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ करिब १ ग्राम ९० मिलिग्रामसहित साेमबार १८ वर्षीय किशोरसहित उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ ।

स्थानीय एक कटेजमा अवैध लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा विमानस्थल सुरक्षा गार्ड सुर्खेत  र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *