कारागारमा गोली चल्यो, दर्जनौँ कैदी फरार

सेयर गर्नुहोस्

एजेन्सी
मेक्सिको सिटी, १८ पुस

बन्दुकधारीको एउटा समूहले  गोली चलाएपछि उत्तरी मेक्सिकोको एउटा कारागारबाट दर्जनौं कैदीहरू भागेका छन् । बन्दुकधारी लागूऔषध समूहका सदस्य भएको आशंका गरिएको छ ।

सशस्त्र गाडीमा चढेर कारागार पुगेका ती मानिसहरुले चिहुआहुआ राज्य कारागार बाहिर  गार्डहरूमाथि अन्धाधुन्द गोली चलाएका अधिकारीहरूले बताए ।

सीमावर्ती सहर सिउडाड जुआरेजमा भएको सो क्रुर हमलामा चार बन्दीसहित १० जनाको मृत्यु भएको थियो ।  प्रहरीका अनुसार करिब २४ कैदीहरू भागेका छन्। कारागारभित्र विभिन्न आपराधिक समूह र लागुऔषधका कैदीहरूलाई छुट्टाछुट्टै कक्षमा राखिएको थियो ।

झडपमा १३ जना घाइते भएका छन्। तीमध्ये चार जनाको अस्पतालमा उपचार भइरहेको कारागार प्रशासनले जनाएको छ ।

घटनापछि कारागारबाहिर भेला भएका आफन्तजनहरु एकअर्कालाई अँगालो हालेर रोइरहेका प्राप्त विवरणहरुमा जनाइएको छ । आक्रमणकारीहरू कालो लुगा लगाएका साक्षीमध्येकी एक महिलाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *