भूकम्प प्रभावितलाई अष्ट्रेलिया सरकारले ८ करोड रुपैयाँ बराबरको सहयोग गर्ने

सेयर गर्नुहोस्

१ मंसिर, काठमाडौं । अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितका लागि ६ लाख अमेरिकी डलर ९७ करोड ९८ लाख ८५ हजार २०० रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।

यो सहयोग रकम भूकम्प प्रभावितलाई आपतकालीन सेवा प्रदान गर्न र जीवन रक्षाका लागि उपयोग गरिने अष्ट्रेलिया सरकारले जनाएको छ । यस्तै सहयोग क्षतिग्रस्त सार्वजनिक पूर्वाधार निर्माणमा पनि प्रयोग हुने छ ।

जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति गएको ५।७ म्याग्निच्युडको भूकम्पले १५४ जनाको ज्यान गएको छ भने ३७५ जना घाइते भएका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *