भूकम्पमा सहयोग घोषणा गर्ने धेरै, खातामा रकम जम्मा गर्ने थोरै

सेयर गर्नुहोस्

३ मंसिर, काठमाडौं । जाजरकोट भूकम्पकापीडितहरुलाई आर्थिक सहायत घोषणा गर्ने जमात ठूलो देखिएपनि खातामा पैसा जम्मा गर्नेको संख्या भने थोरै देखिएको छ । प्रधानमन्त्री दैवी प्रकोष सहायता कोषले जनाए अनुसार आइतबार विहान ११ बजेसम्म यो खातामा जम्मा १५ करोड २८ लाख रुपैयाँ मात्र जम्म भएको छ । सहायता घोषणा भए अनुसार रकम जम्मा भएको भए ५० करोडभन्दा माथि पुग्नुपर्ने हो । कोषका अनुसार भूकम्प गएपछि त्यो क्षेत्रका पीडितका लागि सहयोग गर्नेहरुको होडबाजी नै चलेको थियो । तर, कोषमा रकम जम्मा गर्नेको संख्याभने कम भयो । गत कात्तिक १९ मा सरकारले उक्त कोषमा इच्छुक संघसंस्था तथा निकायलाई सहायता उपलब्ध गराउन आग्रह गरेको थियो । कोषमा रकम जम्मा गर्न आग्रह गरेको दुई सातामा १५ करोड २८ लाख रुपैयाँ जम्मा भएको छ ।प्रधा नमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न नौ वटा वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा सहयोग रकम पठाउन आग्रह गरेको थियो । भूकम्प गएको भोलिपल्टैदेखि विभिन्न संघसंस्थाबाट पीडितलाई सहयोग घोषणाको प्रतिस्पर्धा भए पनि त्यसअनुसार रकम जम्मा हुन सकेको छैन ।

सहायता कोषमा शुक्रबारसम्म विभिन्न संघसंस्था, व्यक्तिलगायत ५८ निकायले रकम जम्मा गरेका छन् । एक करोडभन्दा बढी सहयोग गर्नेमा ७ वटा कम्पनी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार बुद्ध एयरले १ करोड, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार, राष्ट्रिय वाणिज्य बैंकले १ करोड, सूर्य नेपालले १ करोड, ग्लोबल आईएमई बैंकले १ करोड, क्यान सेन्ट्रल पेमेन्टले १ करोड र गोर्खा ब्रुरुअरीले १ करोड रुपैयाँ खतामा जम्मा गराएका छन् । भूकम्प प्रभावितको सहयोगका लागि प्रदेश सरकार, अन्तर्राष्ट्रिय जगत्, निजी संघसंस्था र व्यक्तिले करोडौं रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर त्योअनुसार रकम जम्मा हुन सकेको छैन् । प्रदेशले भूकम्पलगत्तै नगद दिने घोषणा गरे पनि कुनै पनि प्रदेशले अहिलेसम्म सरकारी कोषमा रकम जम्मा गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *