आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

सेयर गर्नुहोस्

३ मंसिर, सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिका-११ पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा विद्युत तार सर्ट भई आगलागी हुँदा आश्रममा रहेको भाँडवर्तन, काठपात, लत्ताकपडा जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *