कोभिडको चौथो डोज आवश्यक पर्न सक्छः एन्टोनी फाउसी

सेयर गर्नुहोस्

ह्वाइट हाउसका प्रमुख मेडिकल सल्लाहकार एन्टोनी फाउसीले कोभिड १९ को भेरियन्ट ओमिक्रोन सामना गर्न अमेरिकामा चौथो डोज खोप आवश्यक पर्ने संकेत गरेका छन् । व्यक्तिको उमेर र उसमा अन्तर्तिहित अवस्थाहरुका आधारमा चौथो बुस्टर डोज दिन सकिने उनको भनाई छ ।

‘मेसेन्जर आरएनए (एमआरएनए) खोप लगाएका व्यक्तिहरुलाई उनीहरुको उमेर र अवस्थाका आधारमा फेरि अर्को बुस्टर डोज आवश्यक पर्न सक्छ,’ फाउसीले भने ।

तेस्रोबाहेक अर्को एउटा खोपको आवश्यकतासम्बन्धी तथ्यांक सञ्चारकर्मीलाई देखाउँदै फाउसीले त्यो एउटा प्रष्ट विषय भएको र त्यसलाई आफूले धेरै नजिकबाट निहालेको बताए ।

यसअघि फाउसीले नोभेम्बरमा पहिलो पटक ओमिक्रोन भेरियन्ट देखिएपछि विश्वभर पाँच लाख मानिसको मृत्यु भएको बताउँदै यसलाई कोरोनाभाईरस संकटको ‘पूर्ण विकसित महामारीको चरण’ भनेका थिए ।

ओमिक्रोनलाई भेरियन्ट अफ कन्सर्न घोषणा गरेपछि अमेरिकामा करिब १ लाख जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले मंगलबार जनाएको थियो । यसैबीच अमेरिकामा विभिन्न राज्यमा लागू भएका कोभिड १९ मास्क म्यान्डेटलाई अन्त्य गरिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *