राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६ औं वार्षिकोत्सव सम्पन्न

सेयर गर्नुहोस्

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश प्राप्त प्रहरी उपरीक्षक जयबिष्णु नेपालीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए ।

सोही अवसरमा उनले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा–२०७८’ को लोकार्पण समेत गरेका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले साइबर युगलाई सम्बोधन गर्ने गरी अपराध अनुसन्धानको पद्धति विकास गर्नुपर्ने बताएका थिए ।

नेपाल प्रहरीले प्रशिक्षण पद्धतिमा परम्परागत प्रणालीको साथै आधुनिकतालाई पनि सम्बोधन गर्ने किसिमले प्रविधिप्रति दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामग्रीहरु निर्माण गर्नुपर्ने उनले औंल्याए ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले यस आर्थिक वर्षदेखि नेपाल प्रहरीको तालिम क्यालेण्डरमा नै राखी अनलाईन तालिमहरू सञ्चालन गरेको जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *