राप्रपा अध्यक्ष लिङ्देनको प्रतिक्रिया– हिजो महाअभियोग लगाउने पात्र देउवा र प्रचण्ड थिए, अहिले नेपाल थपिए

सेयर गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले योजनावद्ध रुपमा प्रधानन्यायाधीस चोेलेन्द्र सम्सेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको बताएका छन् ।

सत्तारुढ दलमध्ये नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीविरुद्ध महाभियोग दर्ता गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘स्थानीय तह चुनाव घोषणा भएपछि ५ वर्ष अघि पनि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएको थियो, आज चोलेन्द्र समसेरविरुद्ध,’ लिङ्देनले ट्वीटरमा लेखेका छन्, ‘फरक यत्ती भो कि हिजो महाअभियोग लगाउने पात्र शेरवहादुर देउवा र प्रचण्ड थिए अहिले  माधव नेपाल थपिए ।’

राप्रपा अध्यक्ष लिङ्देनले सत्तारुढ दलहरुले योजनाबद्ध रुपमा महाभियोग दर्ता गरेको बताएका छन् । ‘देश जोगाउन सबै सचेत बनौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *