किम जोङ इलको जन्म दिनमा फूल नफुलेपछि मालीलाई कारबाही

सेयर गर्नुहोस्

उत्तर कोरियाका तत्कालिन तानाशाह किम जोङ इलको जन्म दिनको पूर्वसन्ध्यामा उनको नाममा राखिएको एउटा फूल नफुलेको भन्दै दुई जना मालीलाई सजाय दिइएको छ । किम जोङ इलको नाममा राखिएको रातो फूल किमजोङइला नफक्रिएको भन्दै उनीहरुलाई ६ महिना श्रम शिविरमा पठाइएको हो ।

उत्तर कोरियाले हरेक १६ फेब्रुवरीमा इलको जन्म दिन मनाउँछ । यस दिनलाई उत्तर कोरियामा डे अफ साइनिङ स्टारसमेत भनिन्छ । र, यसलाई देशकै सबैभन्दा ठूलो पर्वको रुपमा प्रचार गरिन्छ ।

परम्परागत रुपमा उत्तर कोरियाली सहरका सडकहरुमा इलको जन्म दिन अगाडि रातो फूलले सजाइन्छ । तर, यो वर्ष किमजोङइला इल फूल हुर्काउन ग्रीनहाउसमा उचित तापक्रम र आद्रता मिलाउन नसकेको मालीमाथि आरोप छ । उत्तरी प्रान्त रयाङग्याङको सामसु कन्ट्रीस्थित एउटा फार्मका प्रबन्धक पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *