सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

सेयर गर्नुहोस्

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ ।

दुर्घछनामा चालक सहित २ जना घाइते भएका छन् ।

गम्भीर घाइते भएका सप्तरीकै छिन्नमस्ता गाँउपालिका–३ का २७ वर्षीय सन्तोष सदाको उपचारका क्रममा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सोमबार राति मृत्यु भएको हो ।

चालक सहित घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

स १ त ६१ ०८ नम्बरको रडलोड गरेको ट्याक्टर सोमबार राति साढे ९ बजे अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरी चौकी पत्थरगाढा सप्तरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *