पार्टीको बैठक सकेर प्रचण्ड बालुवाटार पुगे

सेयर गर्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा  बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेका प्रचण्ड यसबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउन बालुवाटार पुगेका हुन् ।

माओवादी संसदीय दलको बुधबार बिहान बसेको बैठकले एमसीसी अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्न निर्र्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले बताए ।

उक्त निर्णय गरेपछि प्रधानमन्त्री देउवालाई जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *