प्रय्यांकको नाममा सर्वसाधरणलाई यातना दिने आकाश सेडाई पक्राउ

सेयर गर्नुहोस्

प्रय्यांकको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक यातना दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेडाई छन् । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा प्रय्यांक (मस्करी)को नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरूमा उनी संलग्न भएको आरोप प्रहरीको छ ।

आकाशमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *