भन्सार छलि ल्याएका करिव साढे ८ लाखको औषधि बरामद

सेयर गर्नुहोस्

झापाको कचनकवल गाउँपालिका–१ कुट्टिबाट भन्सार छलि ल्याएको करिब ८ लाख ४१ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका औषधीहरू प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी चौकी कुट्टिबाट सोमबार खटिएको प्रहरी गस्ती टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका २ जना पुरुषले साथमा रहेको प्लाष्टिकका बोराहरू फाली फरार भएका थिए ।

प्रहरीले बोराहरू जाँच गर्दा विभिन्न औषधिहरू फेला पारी बरामद गरेको हो ।

बरामद औषधिहरू सम्बन्धित कार्यालयलाई बुझाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *