करण बने ‘बिग बोस’को सर्वाधिक महँगा प्रतियोगी

सेयर गर्नुहोस्

भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १५औं संस्करणका प्रतियोगी करण कुन्द्राले ‘बिग बोस’मा सर्वाधिक पारिश्रमिक लिने प्रतियोगिका रुपमा नाम दर्ता गराएका छन् । उनले यो शोमा सहभागिता जनाएबापत ४.५ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

करणको भारतमा राम्रो फ्यान फलोइङ छ । उनको लोकप्रियतालाई मध्येनजर गर्दै शोका निर्माताले पारिश्रमिक बापत ४.५ करोडको चेक दिएका छन् ।

करणको ‘बिग बोस १५’ को यात्रा निकै स्मरणीय रह्यो । यद्यपि, उनले ट्रफी भने उचाल्न पाएनन् । उनी शोमा सेकेण्ड रनरअप बनेका थिए । शोमा तेजस्वी प्रकाशले शीर्ष उपाधि पोल्टामा पारेकी थिइन् । यही शोको समयमा करण र तेजस्वीको प्रेम चर्चा चलेका थियो । दुवैबीच कैयौं पटक टकराव देखिए पनि पुनः उनीहरु मिल्ने गरेका थिए ।

‘बिग बोस’को घरबाट बाहिर आउनासाथ करणले सबैभन्दा पहिला तेजस्वीको विजयोत्सव मनाएका थिए । उनले तेजस्वीको कोठा सजाएर तेजस्वीलाई ‘सरप्राइज’ दिएका थिए । अहिले उनीहरु प्रायः सँगै देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *