सुनको मूल्य ताेलामा १०० रुपैयाँले बढेको

सेयर गर्नुहोस्

सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा १०० रुपैयाँको दरले बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको मुल्य भने स्थिर  छ  । शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायम गरिएकाे महासंघले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *