एमसीसीको पक्षमा मतदान गर्न सत्तारुढ दलहरुबीच सहमति भएको छैनः कांग्रेस प्रवक्ता महत

सेयर गर्नुहोस्

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी)का विषयमा संसदमा मतदान गर्न सत्तारुढ दलहरुबीच सहमति नभएको बताएका छन् ।

सोमबार बत्तीसपुलतीस्थित अनुपम फुडल्यान्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालसम्म एमसीसी संसदमा टेबल गर्न मात्र दलहरुबीच सहमति भएको जनाए ।

‘एमसीसी संसदमा टेबुल गर्ने सहमति भएको हो । संसदमा मत दिने विषयमा सांसद र दलहरुसँग सहमति भएको छैन,’ कांग्रेस प्रवक्ता महतले भने ।

एमसीसीलाई विवादित बनाउनु दुःखद भएको उनले बताए । एउटै मापदण्डको आधारमा बिदेशी सहयोग लिने नीति बनाउनु पर्ने समेत उनले जनाए ।

उनले गुण र दोषका आधारमा गठबन्धन टिक्ने बताउँदै भने, ‘टेबुल गर्न जस्तै अनुमोदन गर्न पनि सत्ता गठबन्धनले सहयोग गर्ने विश्वास छ ।’

एमसीसीलाई अन्य मुद्दासँग जोडेर राजनीति नगर्न उनले सबैलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *