कर्णाली प्रदेशका साना लघुजलविद्युतको अवस्थाबारे मन्त्री सिंहको चासो

सेयर गर्नुहोस्

कर्णाली प्रदेशमा रहेका साना जलविद्युत आयोजनाको अवस्थाबारे जानकारी दिन कर्णाली प्रदेशका जलस्रोत तथा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका छन् ।

मन्त्रालयमा साेमबार भएको छलफलमा मन्त्री सिंहले कर्णाली विद्युत आयाेजनाबारे यथार्थ चित्रण प्रस्तुत गर्न यो निर्देशन दिएका हुन्। कुन जिल्लामा कति विद्युतका आयोजना अलपत्र परेको, सञ्चालन भएको र निर्माणाधीन रहेका छन् भन्नेबारे चासो लिँदै मन्त्री सिंहले हप्ता दिनभित्र त्यसको विवरण दिन आग्रह गरेका हुन् ।

साना लगानीका जलविद्युत योजना ताेकिएकाे समयसम्म निर्माण नहुने र निर्माण भएका पनि दिगाे नहुने समस्या बल्झिरहेको अवस्थामा त्यसको समस्या समाधान गर्न मन्त्री सिंहले यस्ताे  निर्देशन दिएका हुन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई तत्काल सो रिपाेर्ट पेस गर्न मन्त्री सिंहले निर्देशन दिए।

जगदुल्ला जलविद्युत आयोजनाबारेमा समेत छलफल भएको छ । आयोजनाका निर्मित प्रमुख सञ्जय सापकोटाले मन्त्री सिंहलाई आयोजनाको प्रगति विवरणका विषयमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *