देशभर थपिए ३८८ कोरोना संक्रमित, थप चार जनाको मृत्यु

सेयर गर्नुहोस्

नेपालमा पछिल्लो २४ घन्टामा थप ३८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ८ हजार १४० जनाको नमुना परीक्षण गरिएकोमा ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप ४ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा एक हजार २०५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ११ हजार २८२ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *