कांग्रेस नेता विश्वकर्मा भन्छन्- एमसीसी पास गर्न एमालेसँग सहमति भइसक्यो, सम्भवतः आजै पास हुन्छ

सेयर गर्नुहोस्

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग मोटामोटी सहमति भइसकेको बताएका छन् । सोही कारण आज बस्ने प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले एउटा ठोस निर्णय लिने उनको भनाइ छ ।

गठबन्धनमा आबद्ध भएर पनि माओवादीले सरकारलाई सहयोग नगरेकाले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गर्नेबारे एमालेसँग सहमति नजिक पुगेको नेता विश्वकर्माले न्युज कारखानालाई जानकारी दिए । सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन नगरेपछि कांग्रेस एमालेसँग नजिकिन लागेको हो ।

नेता विश्वकर्माले आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी सदनमा कसरी प्रवेश गर्ने भन्नेबारे सहमति हुने विश्वास व्यक्त गरे । आज सहमति भएर संसदमा एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र सकेसम्म आजै एमसीसी अनुमोदन हुन सक्ने उनको भनाइ छ ।

आज प्रतिनिधिसभाको दुईवटा बैठक बसेर भए पनि एमसीसी पास हुन सक्ने उनले बताए । ‘सभामुखको स्वार्थ नमिले पनि सरकारले सदनमा अघि सारेको बिजनेस रोक्न मिल्दैन,’ विश्वकर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *