युक्रेनलाई सहयोग गर्न जेलेन्स्किीले फेरि गरे पश्चिमा गठबन्धनलाई अनुरो

सेयर गर्नुहोस्

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनलाई सहयोग गर्न र रुसको पासविक हमला रोक्न फेरि अर्को पटक अनुरोध गरेका छन् । रुसी सेनाविरुद्ध आफूहरु एक्लै लड्नु परेको बताउँदै उनले पश्चिमा देशहरु समक्ष यस्तो अनुरोध गरेका हुन् । यसअघि जेलेन्स्किले अमेरिकी सैन्य गठबन्धन नेटो र पश्चिमा देशहरुले युक्रेनलाई सहयोग नगरेको बताएका थिए ।

‘हामीहरुले हाम्रो देशलाई एक्लै जोगाइरहेका छौं । हिजोजस्तै विश्वकै सबैभन्दा शक्तिशाली फौजले टाढाबाट हेरिरहेको छ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने ।

आज उज्यालो नहुँदै युक्रेनमा धेरै मिसाइल आक्रमण भएको जेलेन्स्किीलेले पुष्टि गरेका छन् । स्थानीय समयअनुसार बिहान ४ बजे हमला भएको उनले बताएका छन् ।

रुसको आक्रमणले सैन्य र नागरिक दुवैलाई निशाना बनाएको उनले बताएका छन् । रुसले यसअघि सर्वसाधारणमाथि हमला नगरेको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *