युक्रेनका नेपालीको तत्काल उद्धार गर्न आग्रह

सेयर गर्नुहोस्

मस्को । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले युक्रेनमा रहेका नेपालीहरुलाई तत्काल उद्धारको पहल गर्न नेपाल सरकार समक्ष आग्रह गरेका छन् ।

डा. केसीले एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका ४०० जना नेपालको उद्धारको पहलको लागि आग्रह गरेका हुन् ।

‘युद्द भनेको युद्द नै हो, त्यसैले नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरुको सक्दो छिटो उद्दार गर्नु पर्ने आवश्यकता छ । हामी सरकार तथा त्यहाँ रहेका नेपालीबीच समन्वय गरि उद्धार गर्न तयार छौं । रसिया र युक्रेनबीचको द्वन्दमा त्यहाँ  रहेका नेपालीहरु त्रशित छन् ।   द्वन्दको बेला सर्वसाधारणमाथि हमला गरिने छैन् ‘  उल्लेख गरेका छन् ।

सैनिक अड्डाहरुमा मात्र आधुनिक क्षेप्यास्त्रले हमला गरिएकोले सर्बसाधारणको  जिवनमा खासै खतरा छैन् भन्ने सरकारी दावी रहेको छ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) युक्रेनका पदाधिकारी साथीहरुले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुसंग सम्पर्क रहदै  आएको डा. केसीले जनाए ।  केसीका अनुसार  हाल सम्म त्यहाँ रहेका सबै नेपालीहरु सकुशल   छन् ।

डा. केसीले स्वयं नेपाली दुताबास जर्मनी, रसिया तथा गैर आबासीय नेपाली संघ युक्रेनका पदाधिकारी र त्यहाँका नेपालीहरुसंग निरन्तर सम्पर्कमा रहेर नेपालीको उद्धारको प्रयास गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *