किभ पस्दै रुसी सेना, स्थानीयलाई सुरक्षित क्षेत्रमा बस्न सुझाव

सेयर गर्नुहोस्

किभ–रुसी फौज अगाडि बढिरहँदा युक्रेनको राजधानी किभमा गोली हानाहानका विवरण सार्वजनिक भएका छन् । रुसी सेना युक्रेनको राजधानी नजिक पुगेसँगै राजधानीमा गोली हानाहानका विवरण सार्वजनिक भएका हुन् ।

रुसी सेना किभ नजिक पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् । शत्रु ओबोलोन क्षेत्र आइपुगेको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनी अधिकारीहरूले स्थानीयलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *