अभिनेता पल शाहले गरे आत्मसमर्पण

सेयर गर्नुहोस्

नाबालिग बलात्कार आराेपी अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । चार दिनअघि बलात्कार आराेपमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनी प्रहरीकाे फरार सूचीमा थिए ।

यसैबीच, जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनले आत्मसमर्पण गरेका हुन् ।  तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले आराेपी शाह प्रहरी नियन्त्रणमा रहेकाे पुष्टि गरे । `उनी हामीसँगै छन् । अनुसन्धान अघि बढेकाे छ । थप विवरण केही बेरपछि सार्वजनिक गर्छाैँ,´ खड्काले न्युज कारखानासँग भने ।

प्रत्यक्षदर्शीका अनुसार उनी आफैँ प्रहरी कार्यालय छिरेका थिए । उनले आफूमाथि लागेकाे आराेपलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *