सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सेयर गर्नुहोस्

सुनको भाउ सोमबार  प्रतितोलामा एक हजार ६०० रुपैयाँको दरले बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३४० रुपैयाँमा  निर्धारण गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *